समाचार

भरुवा बन्दुकसहित एक जना पक्राउ



काठमाडौँ, २४ माघ । हुम्लामा भरुवा बन्दुक र भालुको जस्तो पन्जाको नंग्रा भागसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिमकोट गाउँपालिका–४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामाको घरको कोठाबाट बरामद गरेको हो ।

भरूवा बन्दुक र जंगली जनावरको नंग्रा लुकाइछिपाई राखेको अवस्था प्रकाउ गरेको हो । गोप्य सूचनाको आधारमा बिहान साढे ९ बजे बन्दुक १ थान र जंगली जनावरको भालुको  जस्तो देखिने पन्जाको भाग समेत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।