पोखरा, २५ माघ । नेकपा ९एमाले० कास्की क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदवार रश्मि आचार्यले सिर्जनशील युवाहरूलाई उत्पादनसँग जोड्ने गरेर आफू घर घरमा पुग्ने बताएका छन् ।
मर्यादित रोजागारीको वातावरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने भन्दै आचार्यले योजनाबद्ध दिगो बिकासका लागि जनताको कर जनतासँगैका कार्यक्रममा आफू प्राथमिकतामा राख्ने उल्लेख गरे । एमाले कास्की क्षेत्र न २ ले आयोजना गरेको बृहत कार्यकर्ता भेला पोखरामा सम्बोधन गर्दै उम्मेदवार आचार्यले प्रभाबकारी नीति, कार्यान्वयन मार्फत युबा महिला र पछाडी पारिएकाहरूको सबलिकण गर्न आफू अघि बढ्ने उल्लेख गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज खगराज अधिकारीले राष्ट्र, राष्ट्रियता, देशको सुरक्षा एमालेको नेतृत्वमा मात्रै संभब हुने उल्लेख गरे । उनले देश विकासको रणनीतिक एजेन्डा र योजना आफुहरू संग भएको भन्दै भ्रम र भ्रामक प्रचारको खुलेर परास्त गर्न कार्यकर्तालाई आग्रह गरे ।
एमालेका अग्रज नेता एबम कोशी प्रदेशका पूर्ब प्रमुख सोमनाथ अधिकारी प्यासी,एमाले केन्द्रीय सदस्य कृष्ण थापा सहित निर्बाचन भाबी रणनीति सम्बन्धमा धारणा राखेका थिए । एमाले क्षेत्र नं. दुई संयोजक भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बलराम आचार्य र संचालन सचिब झपट रानाभाटले गरेका थिए।










प्रतिक्रिया दिनुहोस्