काठमाडौँ, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ बाँसवारीका ४२ वर्षीय मनीष राजवहाक, सिन्धुपाल्चोकका खिमबहादुर खड्का र धादिङका सञ्जय श्रेष्ठ छन् ।
उनीहरूलाई काठमाडौँ प्रहरीको विशेष टोलीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरूले केही दिनअघि महाराजगन्जको चप्पल कारखानस्थित बालेनको कोठामा चोरी गरेका थिए ।
चोरी गर्ने समूहका तीनैजना यसअघिसमेत विभिन्न कसुरमा पक्राउ परेका आरोपी हुन् ।
उनीहरू भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा नक्खु कारागारबाट भागेका खुलेको छ ।
08 February 2026 16:47 PM










प्रतिक्रिया दिनुहोस्