समाचार

जलपन्छी संख्यामा ठूलो गिरावट



काठमाडौँ, २५ माघ । नेपालमा जलपन्छी संख्यामा ठूलो गिरावट आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरवर्ल्ड सेन्सस २०२६’ को नतिजाले जलपन्छीको संख्या ठूलो मात्रामा घटेको देखाएको हो ।

३ देखि १८ जनवरी २०२६ सम्म १८ सिमसार क्षेत्र र त्यस अन्तर्गत ७८ साना क्षेत्रमा गरिएको गणनाले जलपन्छी अघिल्लो वर्षको तुलनामा घटेको पाइएको छ ।

विभागका वरिष्ठ इकालोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार यस वर्षको गणनाबाट देशभरि ८९ प्रजातिका ९० हजार ६ सय ८८ जलपन्छी रहेको देखिएको छ । जुन सन् २०२५ को तुलनामा ६ हजारभन्दा धेरैले कम हो । गत वर्ष ९४ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणनामा देखिएका थिए ।