काठमाडौँ, २५ माघ । झापा अर्जुनधारा नगरपालिका-७ बिरिङ खोलामा प्र १ ०१ ००१ त ९०१० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक सोही नगरपालिका-३ बस्ने हर्क श्रेठको छोरा १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ ।
आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखर अस्पताल शनिश्चरेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्