काठमाडौँ, २६ माघ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बिचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
आयोजनाबाट वार्षिक रुमपा औसत एक सय ७३.४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ । आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन मार्फत धारापानीमा रहेको दुई सय २० केभी क्षमाको मनाङमा हवमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा पठाइनेछ ।
आयोजनाको कूल लागत रु तीन अर्ब ९० करोड ९७ लाख रहनेछ । यस आधारमा प्रतिमेगावाट लागत रु १३ करोड तीन लाख रहनेछ ।










प्रतिक्रिया दिनुहोस्