काठमाडौँ, २६ माघ । नेपाल भ्रमणमा रहेका बेलायती सेना अन्तर्गतकाे गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्ड र डेभिड जे रोविन्सन लगायतको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् ।
आज सो प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटघाट गरेको हो ।
नेपालका लागि बेलायतका राजदूत समेतको उपस्थिति रहेको सो कार्यक्रममा मेजर जनरल स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गुर्खाज’ को सन् २०२५ को वार्षिक प्रतिवेदन समेत पेस गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्