राजनीति

अब दुई तिहाइको सरकार बन्छ : रवि लामिछाने



काठमाडौँ, २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब दुई तिहाइको सरकार बन्ने बताएका छन्।

आज रूपन्देही १ मा भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा रहेको भन्दै अब दुई तिहाइको सरकार बन्ने बताए।

उनले भने, ‘मान्छेहरू भन्छन्- देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा हेर्छु आशा नै आशा छ, अब दुई तिहाइको सरकार बन्छ, कमसेकम बहुमतको सरकार बन्छ,’ ‘यो आशालाई जगाइराख्नुहोला।’ 

जनताको मनभित्र रहेको आशालाई जगाइराख्न आफू रूपन्देही आएको पनि उनले बताए।