काठमाडौँ, २६ माघ । बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आज बिहान सिगास गाउँपालिका–१, दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट मृत फेला परेका हुन् ।
आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी निस्केका विष्ट घरबाट करिब १०० मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्