काठमाडौँ, २६ माघ । आज सेयर बजार २६.०५ अंकले घटेको छ ।
यस दिन नेप्से परिसूचक २६७२.३९ विन्दु कायम भएको छ । अघिल्लो दिन १०.२४ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ, जुन दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता एक लाख दुई हजार २८१ पटक किनबेच गर्दा भएको हो ।
अघिल्लो दिन ११ अर्ब ६५ करोडभन्दा माथि कारोबार भएको थियो । आज खानीखोला हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिदी पावर कम्पनी, लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, त्रिशूली जलविद्युत्लगायत ४२ कम्पनीको मूल्य बढेको छ । १३ वटा समूहगत सूचकतर्फ व्यापारबाहेक सबै सूचक राताम्मे छन् ।










प्रतिक्रिया दिनुहोस्