दार्चुला, २७ माघ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ ।
मंगलबार बिहान दार्चुलाको बंगाबरमा उनको शव फेला परेको हो । एक बियरबार रहेको घरको पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ । घर्तीको हत्या भएको आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान तीव्र पारेको छ ।










प्रतिक्रिया दिनुहोस्