अर्थ

केराको मूल्य बढ्यो



काठमाडौँ, २७ माघ । बजारमा केराको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज केराको मूल्य बढेको देखाएको हो ।

आज मंगलबार केराको मूल्य औसतमा प्रतिदर्जन १० रुपैयाँले बढेको छ । हिजो सोमबार केरा थोकमा प्रतिदर्जन १ सय ७० रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने प्रतिदर्जन १ सय ८० रुपैयाँ कायम छ ।