Banner News

नेपालको महारोग भ्रष्टाचार हो, यसको उपचार कांग्रेसले गर्छ: सभापति थापा



सिरहा, २८ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचारविरुद्ध कठोर कदम उठाउने बताएका छन् ।

सिरहाको गोलबजारमा मंगलबार उनलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको पाँच वर्ष नेपाली कांग्रेसले भ्रष्टाचार विरुद्धको अभियान नै चलाउने बताए । उनले नेपाललाई महारोग लागेको बताउँदै अबको ५ बर्ष त्यसको उपचारमा लागाउने बताए । उनले अब कांग्रेसलाई भ्रष्टाचार गर्ने छुट नभएको र त्यसको अभियान आफूहरूबाटै गर्ने प्रतिबद्धता जनाए । 

उनले भने, ‘नेपालमा लागेको महारोगको उपचार गर्नुपर्ने छ । त्यो महारोग भनेको नेपालको भ्रष्टाचार हो । यो भ्रष्टाचारलाई जरैबाट समाप्त पार्न एउटा जिहाद चाहिएको छ, एउटा संग्राम चाहिएको छ, नेपाली कांग्रेसले त्यसको नेतृत्व गर्छ ।’