समाचार

यौनिक अल्पसंख्यकको शव फेला



काठमाडौँ, २८ माघ । जनकपुरधाममा एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ ।
धनुषाका प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १७ तेतरियामा सडक छेउमा शव फेला परेको हो ।

सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो । घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

घटनास्थल वरपर चप्पल, झोला भेटिएको छ । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।