काठमाडौँ, २९ माघ । नेपालमा गत हप्ता रिलिज भएको फिल्म ‘कुमारी’ को अन्तर्राष्ट्रिय प्रदर्शन आजदेखि सुरु हुँदैछ ।
नेपालमा समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रियासहित प्रदर्शनमा रहेको यो फिल्मको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन् ।
यो फिल्मलाई अस्ट्रेलियामा थ्री-केजी इभेन्ट्स र असकास्ट नेपालले रिलिज गर्न लागेका हुन् । त्यहाँका विभिन्न राज्यका हलले प्रदर्शन तालिका पनि सार्वजनिक गरिसकेका छन् ।
न्यू साउथ वेल्समा बरउड, हर्नस्बी, हस्र्टभिल र पारामान्टा, भिक्टोरियामा भिलेज सिनेमा सनसाइन र एयरपोर्ट वेस्ट, क्विन्सल्याण्डमा इभेन्ट सिनेमा चेर्मासाइड, एडिलेडमा इभेन्ट सिनेमा म्यारियन, तस्मानियामा भिलेज सिनेमा ग्लेनर्ची तथा पर्थमा इभेन्ट सिनेमा इनालुमा फिल्म लाग्नेछ ।










प्रतिक्रिया दिनुहोस्