समाचार

सडक दुर्घटनामा एक जनाको मृत्यु



चितवन, २९ माघ । आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।