अर्थ

अंगुरको मूल्य घट्यो



काठमाडौँ, २९ माघ । बजारमा हरियो अंगुरको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अंगुरको मूल्य घटेको हो ।

हिजो बुधबारको तुलनामा आज बिहीबार बजारमा हरियो अंगुरको मूल्य ४.३५ प्रतिशतले घटेको छ । हिजो बुधबार प्रतिकिलो औसत २ सय ३० रुपैयाँमा बिक्री भएको हरियो अंगुर आज २ सय २० रुपैयाँ कायम भएको छ।

यस्तै कालो अंगुरको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन जस्तै आज पनि कालो अंगुर प्रतिकिलो ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।