समाचार

जेनजी आन्दोलनमा फरार कैदी पक्राउ



काठमाडौँ, २९ माघ । लागु औषध मुद्दाका फरार कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २७ वर्षीय सागर खाती छन् । उनलाई सशस्त्र प्रहरीको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

सोही ठाउँको ठाडाटोल घर बताउने उनलाई बुधबार बेलुका सशस्त्र प्रहरी बल नेपाल निर्वाचन सुरक्षा बेश सन्तपुर रौतहटले नियन्त्रणमा लिएको हो ।

उनी जेनजी आन्दोनको क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागार काठमाडौँबाट फरार भएका थिए । नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।