काठमाडौँ, २० जेठ । काठमाडौँको मूलपानीमा बाजुरा घर भएका एक युवक मृत अबस्थामा फेला परेका छन् ।
काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् । मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो ।
प्लाष्टिक र कपडाले गाँसिएको डोरी चुँडेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । केहि दिनअघि मात्र बाजुराबाट काठमाडौं आएका शाहीलाई उनका काकाले काँडाघारी स्थित वर्कशपमा जागिर लगाइदिएका थिए ।










प्रतिक्रिया दिनुहोस्