काठमाडौँ, २१ जेठ । नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनले बताए । राजधानीमा आयोजित दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको र सरकारले यसलाई बढावा दिँदै आएको बताए ।
‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैं भरी कायम गर्नुपर्छ,’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्