राजनीति

माओवादीको कार्यालय विस्तारका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ उठाइने



काठमाडौँ, २२ जेठ । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय विस्तार र व्यवस्थित ढंगबाट सञ्चालन गर्नका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ उठाइने भएको छ ।

आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

यस्तै, आजको बैठकले विद्यार्थी संगठनलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरेको छ । विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन र भेला गर्ने समेत निर्णय भएको बताइएको छ ।