सुर्खेत, २४ जेठ । चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा फेला परेको छ ।
प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका-५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो । शुक्रबादेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भयरहेको प्रहरीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्