काठमाडौँ, २५ जेठ । पोखराबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ ।
मौसमका कारण काठमाडौँमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ । साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो ।
मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ ।त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौँ पठाइने बताइएको छ । न्युज कारखाना










प्रतिक्रिया दिनुहोस्