काठमाडौँ, २५ जेठ । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आगामी असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो उमेर समूहका करिब ३९ लाख बालबालिकालाई विद्यालयबाटै खोप दिन लागिएको हो । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।
त्यस्तै, अन्य ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि ११ गतेसम्म पहिलो तथा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।










प्रतिक्रिया दिनुहोस्