काठमाडौँ, २६ जेठ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा व्यवसायीसँग एक करोडभन्दा बढी मूल्यको घरजग्गा किन्नेको विवरण मागेको छ । तोकिएको ढाँचामा तोकिएको समयभित्र विवरण नबुझाउने व्यवसायीलाई कारबाही हुने पनि विभागले जनाएको छ ।
विभागले घरजग्गा व्यवसायीलाई निर्देशन जारी गर्दै एक करोड वा सोभन्दा बढीको घर जग्गा किनबेच गर्नेको विवरण विभागले तोकेको ढाँचामा सम्बन्धित मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको हो । घरजग्गाको कारोबार लाइसेन्स लिएका कम्पनी र व्यक्तिमार्फत् मात्र गरिने गरी बजेट घोषणा भएको १० दिनपछि सरकारले गरेको यो व्यवस्था भ्रष्टाचार नियन्त्रणका लागि सहायक हुने विभाग सूत्रको दाबी छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै घरजग्गा मूल्यांकन प्रणालीलाई एक रूपता ल्याउन केही नीतिगत व्यवस्था गरिने बताउनुभएको थियो । ‘आधिकारिक निकायबाट मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था गरिनेछ’ बजेट घोषणामा उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्