महेन्द्रनगर, २६ जेठ । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् ।
जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छन् । जिसस सदस्यहरूमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लीला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अरू दलले उमेदवारी दिएका थिएनन् । रासस










प्रतिक्रिया दिनुहोस्