राजनीति

हृदयेश त्रिपाठीद्वारा मल आपूर्ति सहज बनाउन ध्यानाकर्षण



काठमाडौँ, २६ जेठ । सांसद हृदयेश त्रिपाठीले कृषकका लागि मलको पनि प्रबन्ध गर्न ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले बजेटमा गरेको कृषि क्षेत्रको प्राथमिकीकरण ‘निबन्ध मात्र’ भएको भन्दै ‘प्रबन्ध हुन नसकेको’ टिप्प्णी गरेका हुन् ।

तराई–मधेसका किसानले भारतीय प्रहरीको प्रताडना सहेर मल ल्याउनुपर्ने र यता ल्याएपछि यहाँका प्रहरीको प्रताडना सहनुपर्ने अवस्था रहेको उनले बताए । “सभामुख महोदय, मल दिन नसक्दा धानको उत्पादन घट्दै छ, त्यसले आर्थिक वृद्धिदर घटाउँदै छ,” ज्ञिपाठीले भने, “घुमुवा प्रहरी दलालको भूमिकामा देखियो, यसको तत्काल खारेज गर्नुपर्‍यो ।”