काठमाडौँ, २६ जेठ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढाएको छ ।
आज राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ ।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ।
एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ । त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ छ ।










प्रतिक्रिया दिनुहोस्