राजनीति

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी



मेलम्ची, १ जेठ । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा ९एमाले०का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।

यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का डम्मर अर्यालले ८०५, नेकपा ९माओवादी केन्द्र्र०का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नगर उपप्रमुखमा नेकपा एमालेका भगवती नेपालले ८३१, नेकपा माओवादी केन्द्रका मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो ।