सम्पादकीय

रेणुको भाग्यको निर्धारण कांग्रेस मतदाताको हातमा



काठमाडौं, २ जेठ । निर्वाचनमा केन्द्रका राजनीतिक दलहरुबीच तालमेल भएपनि त्यसलाई मतदाताले नबुझ्दा उम्मेदवार नै नभएको ठाउँमा मत परको छ । मतदाताले तालमेल नबुझी मतदान गरेका कारण नतिजा पनि तालमेल विपरीत आउन सक्ने संकेत देखा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उम्मेदवार भएका कारण भरतपुर महानगरपालिकाको चुनाव परिणामप्रति धेरैको चासो छ । रेणुको भाग्यको निर्धारण कांग्रेसका मतदाताले गर्नेछन् । भरतपुरमा कांग्रेसका करिब ६० प्रतिशत मत प्राप्त गरेमात्रै दाहलले जित्ने अनुमान सञ्चारमाध्यमले गरेका छन् । नागरिकमा समाचार छ ।