भक्तपुर, २८ जेठ । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका इश्वर थापा विजयी हुनुभएको छ ।
जम्मा ८ मत रहेको समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गरेका थिए । बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा एमालेका इश्वर थापा बिजयी हुनुभयो ।
एमालेले प्रमुख सहित पाँच सिट हात पारेको छ भने गठबनधनको तर्फबाट कांग्रेसले उपप्रमुख सहित दुई सिट विजयी हासिल गरेको छ । एमालेबाट प्रमुख थापासहित नानु कार्की, मञ्जु कार्की, विश्वरामत्वायनाबासु र राममाया मिजार विजयी हुनुभएको छ । त्यस्तै कांग्रेसबाट उपप्रमुख सुजता बाडे र सदस्य विनु केसीले जित हासिल गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्