Banner News

ईपिजी प्रतिवेदन बुझ्न नेपाल तयार छ : मन्त्री खड्का



काठमाडौँ, ३१ जेठ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको बताएका छन् ।

आज प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘नेपाल सरकार उक्त (इपिजी) प्रतिवेदन बुझ्न तयार छ ।’

ईपिजी प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नु दुई देशको हितमा हुने उल्लेख गर्दै मन्त्री खड्काले थपे, ‘त्यसबाट इतिहासदेखि बाँकी रहेका विषयवस्तुको सम्बोधन गर्न र छिमेकीहरुको सम्बन्ध अझ मजबुत बनाउन सहयोग पुर्‍याउँछ भन्ने नेपाल सरकार विश्वास गर्छ ।’