Banner News

एकीकृत समाजवादीद्वारा चुनावमा ९ लाख मत प्राप्त गरेको दावी



काठमाडौँ, ३१ जेठ । नेकपा एकीकृत समाजवादीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ९ लाख भन्दाबढी मत प्राप्त गरेको दावी गरेको छ।

आजदेखि सुरु भएको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको चुनावको समीक्षा प्रतिवेदनमा ९ लाख २३ हजार २१९ मत प्राप्त गरेको उल्लेख गरिएको छ।

‘निर्वाचनमा हाम्रो पार्टीबाट प्रमुख/अध्यक्षको उम्मेदवार भए निजले प्राप्त गरेको मत, प्रमख/अध्यक्ष नभई उपप्रमख/अपाध्यक्षको उम्मेदवार भए निजले प्राप्त गरेको मत, उपप्रमुख/अपाध्यक्षको उम्मेदवार पनि नभए वडाध्यक्षको उम्मेदवारले प्राप्त गरेको मत, वडाध्यक्षको उम्मेदवार पनि नभए वडा सदस्यले प्राप्त गरेको मत नदोहोरिने गरी जोड्दा हाम्रो पार्टीका उम्मेदवारहरुले प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ छ।,’ प्रतिवेदनमा भनिएको छ।