काठमाडौँ, १ असार । करेन्ट लागेर काठमाडौँ को सुन्दरीजलका एक युवाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार अपरान्ह ४ बजेतिर उनलाई करेन्ट लागेपछि उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्