राजनीति

कालीकोटमा एमाले अगाडी, कांग्रेस माओवादी पछिपछि



कालीकोट, २ जेठ । खाँडाचक्र नगरपालिकाको प्रमुख पदको मतगणनामा आज विहान ६ बजे सम्म नेकपा (एमाले)का जसीप्रसाद पाण्डेले ४७२ मतले प्रथम प्राप्त गरेका छन् ।

सोही नगरपालिकाका नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३९५ मत र नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद चौलागाईंले ३१३ मत प्राप्त गरेका छन् ।

पलाङ्ता र पचालझरना गाउँपालिकामा मतगणना सुरु भए नभएकोबारे टेलिफोन अवरुद्ध भएका कारण थाहा हुन सकेको छैन ।