अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।