शैक्षिक

म्याग्दीको अन्नपूर्ण –३ मा एमाले विजयी



म्याग्दी २ जेठ ।म्याग्दीको अन्नपूर्ण–३ मा नेकपा एमालेका वडा अध्यक्षसहित सबै उम्मेदवार र रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस का सबै उम्मेदवार निर्वाचित भएका छन् ।

रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको वडा अध्यक्षमा नेकपा एमालेका नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा हालसम्म एमालेकी दुर्गादेवी पाईजाले ९९२ मत र नेपाली काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गर्नुभएको छ ।