काठमाडौं, २ असार । नेपालमा मंकीपक्स संक्रमणको आशंकामा एकजनालाई क्वारेन्टिनमा राखिएको छ ।
दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकु भर्ना गरिएको हो ।
शुक्रराज अस्पताल टेकुका अनुसार मंकीपक्सका शंकास्पद विरामी भनेर आएको छ । अहिले चेकजाँच तथा उपचारको काम भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्