मनोरञ्जन

करिष्माले अनसनरत निहारिकालाई भनिन्, ‘बच्चा लिएर मेरो घर आउ, म छु’



काठमाडौँ, २ असार । अभिनेत्री करिष्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेकी छिन् ।

अभिनेत्री मानन्धरले आज सामाजिक सञ्जालमा निहारिकालाई छोरीको रुपमा आफूले पाल्न चाहेको पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’

पछिल्लो ७ दिनदेखि २१ महिनाको आफ्नो दुधे बालकलाई लिएर निहारिका अनसनरत छिन् ।