Banner News

भरतपुर महानगरपालिकामा एमालेको अग्रता



चितवन, २ जेठ । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमाले का देवीप्रसाद ज्ञवाली अगाडि रहनुभएको छ ।

हालसम्म गरिएको एक हजार चार सय मत गणनामा ज्ञवाली ६८५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपामाओवादी केन्द्रकी रेणु दाहालले ५२८ मत प्राप्त गर्नुभएका छ । यस्तै राप्रपाका बद्री तिमिल्सिनाले ३७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले ६०४, नेकपाएमालेकी दिव्य शर्मा आचार्यले ५९९ र राप्रपाकी रिना गुरुङले ४७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं १ बाट मतगणना सुरु गरिएको हो । सो वडामा अध्यक्षमा एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ । सोमबार अपराह्न ४ः३० बजेदेखि निरन्तर मतगणना गरिए पनि हालसम्म एक हजार ४०० मत मात्र गणना गरिएको हो ।