राजनीति

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा



काठमाडौँ, २ असार । विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने, असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ ।