Banner News

ललितपुरमा एमालेको अग्रता कायमै



 

ललितपुर, २ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा हुनुहुन्छ ।

वडा १ र २ को अन्तिम मत परिणामअनुसार एमालेका ब्यञ्जनकारले दुई हजार ६२५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका चिरिबाबु महर्जनले दुई हजार १७७ मत प्राप्त गर्नुभएको छ । नेकपा ९माओवादी केन्द्र० का दिनेश महर्जनले ८४७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुख पदमा नेपाली काँग्रेसकी गीता सत्यालले एक हजार ४०३ र राप्रपाका बाबुबाजी प्रधानले एक हजार २७२ मत प्राप्त गर्नुभएको छ ।

वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहिले वडा ३ र ४ को मत गणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नं दुईमा एमाले विजयी

यसैबीच, लमनपाको वडा २ को अध्यक्ष पदमा एमालेका राजेश महर्जनको समूूह विजयी भएको छ । महर्जनले एक हजार ८३८ मत प्राप्त गर्नुभएको छ ।