समाचार

सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार



दाङ, ४ असार । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरम युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा तुलसीपुर-५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।