रुकुम पश्चिम, ५ असार । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय आठविसकोटका अन्सुअर रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनाहुदा जीप चालक र सहचालकको मृत्यु भएको हो ।
चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको थियो ।










प्रतिक्रिया दिनुहोस्