राजनीति

पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बन्दैछ : अध्यक्ष दाहाल



काठमाडौँ, ५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व माओवादीहरू सबै एक ठाउँमा आउने वातावरण बन्दै गएको बताएका छन् ।

आज काठमाडौँमा नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय समितिको बैठकमा अध्यक्ष बोल्दै प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था बन्दै गएको बताए ।

उनले भने, ‘हामी करिव करिव पूर्व माओवादीहरू एक ठाउँमा आउँने वातावरण बनेको छ । अब विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदै छ, ‘त्यसको असर विभिन्न जनसंगठनहरूमा देखिँदै छ । कर्मचारीमा पनि देखिँदै छ । बाँकी रहेका साथीहरु पनि एकीकृत र केन्द्रीत हुने विश्वास लिएको छु ।’