Banner News

धादिङमा एमाले अघि, माओवादी र कांग्रेस पछिपछि



धादिङ, २ जेठ । स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले अग्रस्थानमा रहेको छ । दोस्रोमा नेकपा माओवादी केन्द्र र तेस्रोमा नेपाली कांग्रेस रहेकोे छ ।
जिल्लाका १०४ वडाहरु मध्ये अहिलेसम्म २६ वटा वडाको प्रारम्भिक मत परिणाम आएको छ । त्यसमध्ये १३ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने माओवादी केन्द्रका उम्मेदवार ७ वडामा र कांग्रेसका उम्मेदवार ६ वडामा विजयी भएका छन् । एमाले धुनिबेसी नगरपालिकाको १ र २, थाक्रेको २ र ४, सिद्धालेकको १ र २ वडामा अध्यक्षमा विजयी भएको छ ।
ज्वालामुखी १, गल्छी १, गजुरीको १ र २ मा एमालेको उम्मेदवार विजयी भएका छन् । दक्षिणी धादिङको बेनिघाट रोराङको वडा नं। १ र उत्तरी धादिङको रुविभ्यालीको वडा १ र २ मा एमालेको उम्मेदवार विजयी भएका छन् ।
नेत्रावती १ बाट विजय सुरुवात गरेको माओवादी केन्द्रले धुनिबेसी ५, थाक्रे ३, नेत्रावती २, गंगाजमुना १ र त्रिपुरासुन्दरी ७ मा पनि आफ्नो उम्मेदवार विजय गराउन सफल भएका छन् ।
नेपाली कांग्रेसले धुनिबेसी ३, थाक्रे १, खनियाबास १ र २, ज्वालामुखी २ र नेत्रावती ३ मा विजय हासिल गरेको छ । आफ्ना पक्षका उम्मेदवार विजयी भएका वडामा कार्यकर्ताहरुले खुसी मनाउन थालेका छन् ।