मनोरञ्जन

प्रियंका रानी जोशीले जितिन् मिस नेपालको उपाधि



काठमाडौँ, ४ असार । काठमाडौँकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपालको उपाधि पाएकी छन् ।

आज ललितपुरको गोदावरीमा द हिडन ट्रेजरले आयोजना गरेको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।

गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।