काठमाडौँ, ५ असार । नेकपा एकीकृत समाजवादीले आफूहरूले गरेको मन्त्री हेरफेरको निर्णय छिट्टै कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।
आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो माग राखिएको हो । नेता झलनाथ खनालका अनुसार आजको बैठकमा मन्त्री हेरफेरको निर्णय तुरुन्तै कार्यान्वयन गर्ने प्रधानमन्त्रीलाई भनेको र प्रधानमन्त्रीले निर्णयबारे पत्र आइसकेको र कार्यान्वयन गर्ने बताएका छन ।
एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएकाहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि नाम सिफारिस गरिसकेको छ । बजेट पारितका लागि रोकिएको नेताहरू बताउँछन् ।
त्यसैगरी, आजको बैठकमा एसपीपीबारे पनि छलफल भएको खनालले बताए ।










प्रतिक्रिया दिनुहोस्