काठमाडौँ, ५ असार । पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा सो मात्रामा फाइजर खोप नेपाल ल्याइएको हो । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरी टेकु कोल्डचेनमा राखिने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाले जनाएको छ ।
पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि सो खोप दिइँदै छ ।










प्रतिक्रिया दिनुहोस्