राजनीति

बागलुङ-३ मा जनमोर्चा विजयी



बागलुङ, २ जेठ । बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा अध्यक्ष पदमा विजयी भएकी छिन् ।

नेकपा (एमाले), राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी बनेकी हुन् । हो । वडा नं ३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ ।

यसअघि भएको वडा नं १ र २ को मतगणनामा पनि यही प्यानलका अध्यक्षले जित हात पारेका थिए । कांग्रेसको बलियो मत रहेको भनिएका वडामै कांग्रेस पछि परेको छ ।

जितसँगै अहिले सदरमुकाम बागलुङबजारमा विजयी दलका कार्यकर्ताले ¥याली निकालेका छन् । अहिले वडा नं ४ को मतगणना चलिरहेको छ ।